
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज (आइतबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशभर मौसम सामान्यतया सफा रहनेछ । आइतबार राति भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ ।
साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्