
काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् ।
कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।
७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्