१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजस्व कार्यालयका कर्मचारी हुँ भन्दै रकम असुली गर्ने ८ जना पक्राउ


286
Shares

काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुलेकाे आराेपमा पक्राउ गरिएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’उनीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेका छन्।’ उनीहरुविरुद्ध हालसम्म ४ जना व्यवसायीले लिखित जाहेरी दिएको एसएसपी बाेहराले बताउनु भयाे ।