
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच आइतबार साँझ भेटवार्ता भएको छ ।
आइतबार बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर कांग्रेस नेता केसीले भेट्नु भएकाे हाे । अध्यक्ष ओली र नेता केसीबीच करिब २ घण्टा छलफल भएको थियाे । अध्यक्ष ओलीको निमन्त्रणामा उहाँलाई बालकोटमा पुगेर भेटेकाे नेता केसीको सचिवालयले जनाएको छ ।
साेही भेटवार्तामा अध्यक्ष ओली र नेता केसीबीच पछिल्लो राजनीतिक घटना क्रमकाे विषयमा छलफल भएको थियाे । दुवै जनाबीच नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरूबीच आवश्यक एकता र सहकार्य गर्ने बारेमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्