
काठमाडौं । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको सबै भन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरी विष्फोट भएकाे छ ।
साेही विष्फोटका कारण ग्वाटेमालाको सबै भन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग समेत बन्द गरिएको हाे । विष्फोटपछि लाभा र खरानी आकाशभरी फैलिएको छ । फुएगो नामको ज्वालामुखी आइतबार राति विष्फोट भएपछि धुवाँ आकाशमा दुई किलोमिटर माथिसम्म पुगेको थियो ।
तेज हावाले खरानीलाई ३५ किलोमिटर टाढा ग्वाटेमाला शहरसम्म पुर्याएको जनाइएकाे छ । राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको लाअरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई आइतबार मध्य रातमा अस्थायी रूपमा बन्द गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्