
एजेन्सी । आयकर विभागले सोमबार दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘पुष्पा’ फिल्म्सको पछाडि रहेको तेलुगु निर्माण कम्पनी मैत्रीको परिसरमा छापा मारेको छ ।
आईटी अधिकारीहरूले यो उत्पादन कम्पनीमा केही एनआरआईहरूले पनि लगानी गरेको आशंका गरेका छन् ।
सो आशंकाका आधारमा आयकर विभागले कम्पनीका तीन सञ्चालक यलमाञ्चिली रविशंकर, नवीन अर्नेनी र चेरुकुरी मोहनका घरसहित १५ स्थानमा छापा मारेको छ । मिथ्री फिल्म प्रोडक्सनको ब्यानरमा ‘पुष्पा’, ‘रंगस्थलम’ र ‘श्रीमान्थुडु’ जस्ता ब्लकबस्टर फिल्म बनेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार आईटी टोलीका अधिकारीहरू विभिन्न राज्यबाट हैदराबाद पुगेका थिए । अधिकारीहरू सोमबार बिहानै मैत्री फिल्म्सको कार्यालय पुगेर छापा मारेका थिए ।
यस छापा मार्ने सम्बन्धमा आयकर विभागले कुनै आधिकारिक बयान जारी गरेको छैन । अल्लु अर्जुनले अन्ततः आगामी फिल्म ‘पुष्पा २’ को छायांकन सुरू गरेका छन् । फ्यानहरु लामो समयदेखि फिल्मको प्रतिक्षामा थिए ।
यसैबीच, हालै सामाजिक सञ्जालमा फिल्मको छायांकनको तस्बिर सार्वजनिक भएको छ, तस्बिरमा अभिनेतासँगै चर्चित सिनेमेटोग्राफर मिरोस्लाभ कुबा ब्रोजेन्क पनि देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्