६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्छ : प्रदेश प्रमुख खापुङ


182
Shares

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पतालको उद्घाटन गर्दै उहाँले बिरामीलाई प्रदान गरिने सेवा गुणस्तरीय र सर्वसुलभ हुनुपर्ने पनि बताउनभयो ।

उहाँले आँखा जीवनकै महत्पूर्ण अंग भएकाले यसको नियमित परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रले जनताको स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

प्रमुख खापुङले निजी क्षेत्रबाट स्थापित यस अस्पतालको सफलताबाट मुलुकको स्वास्थ्य र आर्थिकलगायत क्षेत्रमा ठूलो योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।

प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्री जयराम यादवले आँखा अस्पताल नेपालका मात्र नभई भारतबाट आउने आँखाका बिरामिको लागि पनि उपयोगि हुने बताउनुभयो ।

विराटनगर–१४ स्थित मलाया रोडमा नौ कठ्ठा जग्गामा १० करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण गरिएको हो ।