२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सांसद विकास कोष बन्द गर्न माग


143
Shares

काठमाडाैं । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सांसद विकास कोष तत्काल बन्द गर्न माग गरेको हो ।

अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिँदै आएको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष यथाशीघ्र बन्द गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।

आर्थिक मन्दीका कारण जनप्रतिनिधिको सर्वोच्च निकाय संघीय संसद नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जाँदा संसदमाथि जनताको भरोसा नै टुट्ने अवस्था आएको भन्दै अभियानले तत्काल सांसद विकास कोष बन्द गर्नुपर्ने जिकिर गरेको छ ।

बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरु डिप्रेसनको सिकार भएर आत्महत्या गर्न बाध्य भएको र कृषि उत्पादनको उचित मूल्य तथा मल नपाएर कृषकहरुमा कृषिप्रति उदाशीनता छाएको अवस्था सृजना भएकाले आर्थिक भार कम गर्नेतिर ध्यानदिन पनि अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।