१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामसङद्वारा ‘सामसङ इनोभेसन क्याम्पस’ सञ्चालन


91
Shares

काठमाडाैं । सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ’सामसङ इनोभेसन क्याम्पस’ सञ्चालनमा ल्याएको छ ।

नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफथिंग्स, बिगडाटा र कोडिङ एण्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूको माग अनुसार तालिम दिइने जनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रपौडेल, सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङजुन पार्क, नेपालका लागि कोरियाका राजदूत पार्क चोङसुकले कार्यक्रमको आज संयुक्त रुममा उद्घाटन गर्नुभएको हो ।

पाठ्यक्रमहरूको अर्को हिस्साको रूपमा युवालाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुतगर्न चुनौती दिइने जसमा यी प्रविधिहरूले भूमिका खेल्ने सामसङले जनाएको छ ।