
web pic
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ ठाडो भर्याङमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार बिहान साढे ५ बजे सितापाईलाबाट स्वयम्भु तर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश–०२–०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुलीको मरिन गाँउपालिका–३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संग्लन दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्