१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेशका कर्मचारीलाई आवास भत्ता दिने लुम्बिनी सरकारको निर्णय


130
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशका कर्मचारीहरुलाई आवास सुविधा दिने निर्णय गरेको छ ।

प्रदेशको राजधानी दाङको देउखुरी सारेपछि बसेको पहिलो बैठकले प्रदेशमा जाने सबै कर्मचारीहरुलाई आवास सुविधा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय पारित गरेको हो ।

प्रदेश सरकारका सञ्चारमन्त्री एवं प्रवक्ता शालिकराम शर्माले प्रदेशका श्रेणीविहिन कर्मचारीलाई मासिक तीन हजार पाँच, चौथो र सहायक तथा अधिकृतसम्मका कर्मचारीलाई मासिक ६ हजार रुपैयाँ आवास सुविधा उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो ।

दाङको देउखुरीमा डेरा गरेर बस्ने कर्मचारीलाई आवास सुविधावापत् घर भाडा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । राजधानीमा आवास सुविधा नरहेको भन्दै कतिपय कर्मचारीले विरोध गरेपछि यस्तो सुविधा ल्याइएको हो ।

लुम्बिनी प्रदेशका १३ वटा मन्त्रालय र प्रदेश योजना आयोगमा ३३७ जना कर्मचारी रहेका छन् ।