२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प


104
Shares

एजेन्सी । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पपछि सयाैँ हल्का पराकम्पनहरू गएको त्यहाँकाे मौसम विभागले जनाएको छ ।

बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर गहिराइ केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।

क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।