२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक


663
Shares

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ ।

करिब २ मिनेट २२ सेकेण्ड लामो उक्त चलचित्रको ट्रेलर बिहीबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा रोमान्स, ड्रामा र एक्सन समावेश गरिएको छ । आर्यनले उपासनालाई पट्याउन गरेको संघर्ष दुईबीच प्रेम सम्बन्ध र उनीहरूबीच खलपात्रको प्रवेशपछि सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरेको छ ।

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ ।

प्रविण झा निर्देशित उक्त चलचित्रमा लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेका छन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राज कुमार भट्ट हुन् ।

बनिश शाहले सम्पादन गरेको यो चलचित्रको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् ।