२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


पाँचथरकाे फिदिममा नि:शुल्क हाडजोर्नी शिविर सम्पन्न

३ सय बढी सेवाग्राही लाभान्वित

78
Shares

पाँचथर । पाँचथरको फिदिममा संचालन भएको १० दिने नि:शुल्क हाडजोर्नी अप्रेशन शिविरमा ३ सय भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।

शिविरमा १ सय ८ जनाको अप्रेशन तथा २ सय २६ जनाको चेकजाँच गरिएको हाे । हाडजोर्नीको समस्या भएका र शरीरको विभिन्न अंगमा भएको स्टील, रड निकालिएको डा. मिङमा गेल्जेङ शेर्पाले बताउनुभयो ।

विपन्न नागरिकहरुलाई लक्षित गरी घर आगनीमै सेवा प्रवाह गर्ने उदेश्यले पाँचथर, ताप्लेजुङ र तेह्रथुम लगायतका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उदेश्यले शिविर संचालन गरिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

फिदिम नगरपालिका, जिल्ला अस्पताल पाँचथरको आयोजना, नेपाल माउण्टेन मोबाइल हष्पिटल बेल्जियम र सोलखम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा जनसेवा समाज पाँचथरको ब्यवस्थापनमा शिविर संचालन भएको थियो ।

यसअघि पनि सोही टिमले नि:शुल्क आँखा शिविर संचालन गरेको थियो । गत मंसिर २१ गते बाट सुरु भएको शिविर बिहिबार सम्पन्न भएको हो ।