
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोलाको एक लाख एक हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार एक लाख मुनि झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सय रूपैयाँले घटेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार १० रूपैयाँले घटेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्