
काठमाडाैं । ललितपुर महानगरपालिकाले १०४औं महानगर दिवस मनाउने भएको छ । आज र भोली विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागेको ललितपुर महानगरपालिका जनाएको छ ।
दिवसको अवसरमा महानगरपालिकाले ललितपुरको मंगलबजार स्थित महारानीहिटिमा फोटो प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनी उद्घाटन गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले महानगरको काम कारवाही चुस्त दुरुस्त राख्न महानगरीय प्रहरीको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
फोटो प्रदर्शनीमा नगर प्रहरीले गरेका विभिन्न गतिविधि समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्