
एजेन्सी । फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ ।
सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित एउटा ७ तले भवनमा आगलागी भएको बताएका छन् । आगो निभाउन १८० वटा दमकल प्रयोग गरिएको थियो । पछि आगो नियन्त्रणमा आएको थियो । आगलागी के कति कारणले भएको हो भन्ने कुराको अनुसन्धान सुरु गरिने पनि गृहमन्त्री गेराल्डले बताएका छन् । आगलागीबारे राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि कुराकानी भएको र राष्ट्रपतिले घटनाबारे दुःख ब्यक्त गरेका गेराल्डको भनाई छ ।
स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ३ बजे आगलागी सुरु भएको थियो । तर आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनामा १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ । आगो निभाउने क्रममा दुई जना दमकलका कर्मचारी सामान्य घाइते भएका छन् । भवनको भुइँ तल्लाबाट सुरु भएको आगो माथितिर फैलिएको थियो ।
“I was awakened by the screams.”
— DW News (@dwnews) December 16, 2022
Witnesses describe scenes of horror at a deadly apartment fire near Lyon, France.
Among the 10 dead are five children aged three to 15, says Interior Minister Gerald Darmanin.
More: https://t.co/a5PrxTHaQw pic.twitter.com/C7c2W2s40y
प्रतिक्रिया दिनुहोस्