२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध


63.206k
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ।

सभापति लामिछानेले सांसदहरूका पछिल्ला अन्तर्वार्ता विवादित भएपछि सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको हुन् ।

समानुपातिक सांसद चयनमा नेतृत्वले पूर्वाग्रह राखेर आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै विवादमा आएको सो पार्टीमा असन्तुष्टिलगायत अरू विषयमा बोल्न पनि प्रतिबन्ध लगाइएकाे छ ।

सांसद पदको शपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यमलगायत सार्वजनिक रूपमा अभिव्यक्तिमा पार्टीले प्रतिबन्ध लगाएको हो।

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ।