१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा आज वर्षा र हिमपातकाे सम्भावना


104
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

शनिबार राति भने प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशको उच्च पहाडी भू-भागको केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।