
कपिलवस्तु । सिकाइ उपलब्धि वृिद्धका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुको आयोजनामा गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरेका थिए ।
शैक्षिक सामग्री प्रदर्शनीको अवलोकन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थीको उत्साहा बढ्नुका साथै सिक्ने कला र शैलीमा वृद्दी विकास हुदै जाने बताउनुभयो ।
लामिछानेले विद्यार्थीले निर्माण गरेका सामग्रीले सिपयुक्त जनशक्ति उत्पादन भएको दाबी गर्नुभयो । दर्शनीको अवलोकन गर्दै प्याव्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले विद्यार्थीमा रहेको क्षमताको पहिचान र सामग्री निर्माणसम्बन्धी व्यवहारिक सीप विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
जिल्लाभरिका प्याव्सनसँग जोडिएका विद्यालयबाट छनोट हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका सामग्री प्रदर्शनमा राखेर तीमध्ये पनि उत्कृष्ट सामग्री र निर्माणर्तालाई पुरस्कृतसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्