
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय बस्न लागेको हो ।
बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित छ । माओवादी केन्द्रले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई नै अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्