
काठमाडौं । मानिसको आस्था यस्तो हो कि कहिलेकाहीं स–साना विषयले पनि निकै महत्व राख्ने गर्दछ ।
अहिले भारतमा त्यस्तै भएको छ । एउटा फिल्मको गीतका कारण चर्चित अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ को एउटा गीतमा नायिका दिपिका पादुकोणले लगाएको पहिरन र पहिरनको रङले भारतभर विवाद मात्रै निम्त्याएको छैन, दैनिक विरोध प्रदर्शन समेत भइरहेकाे छ ।
फिल्मको गीत ‘बेशरम रङ’ मा नायिका दिपिकालाई पहेलो रङको विकिनीमा प्रस्तुत गरिएको छ । पहेलो रङलाई हिन्दुहरु पवित्र र बैराग्यको प्रतिक मान्ने गर्दछन् । साधु सन्तहरुले पहेलो रङका बस्त्र प्रयोग गर्ने गर्दछन् । साधु सन्तहरुले प्रयोग गर्ने रङलाई बेशरम भनेकोमा हिन्दु संघ संगठनहरुले चर्को विरोध गरेका छन् ।
विश्व हिन्दु परिषद्, हिन्दु महासभा, बजरङ्ग दल र करणी सेना जस्ता हिन्दु संघ संगठनहरुले विभिन्न राज्यहरुमा विरोध प्रदर्शन गर्नुका साथै शाहरूख र दिपिकाका पुत्ला दहन गरिरहेका छन् । हिन्दुहरुका साथै मुस्लिम संघ संगठनहरु समेत फिल्मको विरोधमा उत्रिएका छन् । उलेमा वाेर्ड लगायत मुस्लिमहरु संघ संगठनहरुले पठान फिल्मले अश्लिलता प्रवर्द्धन गरेको आरोप लगाएका छन् ।
समृद्ध र सुसंस्कृत पठान मुस्लिम समुदायलाई अश्लिल देखाइएको भन्दै मुस्लिम संघ संगठनहरुले फिल्म बहिष्कार गर्न समेत आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्