१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै


65
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ ।

आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र दिन लागिएकाे हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७, जनता समाजवादी पार्टीबाट ५ र जनमत पार्टीबाट ५ जना सांसद बनेका छन् ।

उनीहरु सबै जनालाई आइतबार प्रमाणपत्र दिइने आयोगले जनाएको छ । प्रदेश तर्फको समानुपातिकको प्रमाणपत्र भने प्रदेशगत रुपमा प्रदान गरिने भएकाे छ । प्रत्यक्ष तर्फका सांसदहरुलाई भने निर्वाचित भए लगत्तै प्रमाणपत्र दिने गरिन्छ ।