
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरूले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।
आइतबार अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित नेपाल आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेपाली श्रमिकले भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।
सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यस्तै, श्रम सचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकले काम गर्न जाने देशमा ज्यान गुमाइरहेको बताउनुभयो । उहाँले विदेशमा काम गर्ने क्रममा अङ्गभङ्ग भएर करिव १३ हजार भन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले श्रम रोजागार मन्त्रालय खाडी मुलुकमा महिलालाई काम गर्न पठाउने विषयमा गम्भिर रहेको बताउनुभयो । खाडी मुलुकमा महिला कामदार पठाउँदा धेरै दुःख भोग्नुपरेको तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्