
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मार्ग प्रशस्त भएको बताउनुभएको छ ।
आज प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रममा बोल्दै उहाँले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने बाटो खुलेको बताउनुभयो ।
आयोगले निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्र समेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया शुरु गर्न मार्गप्रशस्त भएको उहाँको भनाई छ ।
एक महिनाभित्रमा राष्ट्रपपति र उपराष्ट्रपतिको निर्वाचन भइसक्ने भन्र्द उहाँले यसका निम्ति सांसदहरुले शपथग्रहण गर्नासाथ प्रक्रिया अगाडी बढाइने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले गत निर्वाचनबाट सिकेको पाठलाई प्रयोग गर्दै आगामी निर्वाचनलाई व्यवस्थित बनाउनतर्फ आयोगले ध्यान दिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्