
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा रहेका दलहरुकाबीचमा समझदारी भए मुलुकको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ ।
सोमबार चितवन बिहान पुग्नु भएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । तर उहाँले प्रधानमन्त्रीका लागि सबै विषय दाउमा राख्ने पक्षमा आफू नरहेको उल्लेख गर्नुभयो । सरकार गठनका विषयमा स्वभाविक रुपमा सबै दलहरुसँग छलफल चलिरखेकाे उहाँकाे भनाइ छ । प्रधानमन्त्रीमै समझदारी नभए अरू पनि हुन सक्ने दाहालको भनाइ छ ।
यसअघि धेरै नेताहरुलाई आफूले प्रधानमन्त्री बनाउन भूमिका खेलेको समेत उहाँले स्मरण गराउनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि ७ दिनको समय दिएकाले सोही समयमा सत्ता गठबन्धनबाट प्रधानमन्त्री चयन हुने बताउनुभयाे ।
तर कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा गठबन्धनमा छलफल चलिरहेकाे उहाँकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्