२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउन राष्ट्र बैंकको निर्देशन


39
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिंकरलगायत वस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

नेपाल सरकारले कार्यविधि संशोधन गरेअनुसार सिमेन्ट, डन्डीलगायत वस्तु निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई केन्द्रीय बैंकले परिपत्र जारी गरेको छ ।

सरकारले चालु वर्षको बजेटमा थप ६ वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेको थियो । सोही अनुसार निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिको (दोस्रो संशोधन) गर्दै सरकारले ८ प्रतिशतसम्म अनुदान दिने मन्त्रिपरिषदले स्वीकृत गरेर राजपत्रमा छापिइसकेको छ ।

कार्यविधि अनुसार निर्यात गर्ने उद्योगीले सोधभर्नाबाट निर्यात अनुदान रकम प्राप्त गर्ने छन् । यसअघि कागजात पुर्‍याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था रहेकोमा अब भने अनुदान पाउन १५ दिन लाग्ने भएको छ ।

अनुदान भुक्तानीको लागि नेपाल सरकारले राष्ट्र बैंकलाई रकम उपलब्ध गराउने छ ।