१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२३ जना एसपीको काज सरुवा, काे कहाँ पुगे ?


429
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पुगेका छन् ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन् । त्यस्तै सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् ।