११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सरकार गठनको तयारीमा दलहरु


208
Shares

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ । दलहरु संसदीय दलको निर्वाचनका लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ । कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने भएको छ ।

संसदीय दलको नेता चयन भएपछि मात्रै शक्ति बाँडफाँट गर्ने दलहरू बीचको समझदारीका कारण कांग्रेसले सांसदहरूले सपथग्रहण गर्नुअगावै संसदीय दलको चुनाव गर्न लागेको हो । संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ ।

कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ भने शेखर कोइराला पनि दलको चुनाव लड्न दबाबमा हुनुहुन्छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले पनि संसदीय दलको नेता, उपनेता र सचेक चयन गरीसकेको छ । अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरेको छ भने उपेनता र मुख्य सचेतकमा क्रमश राजेन्द्र पाण्डे र प्रकाश ज्वाला चयन भएको नेकपा एसले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ । रास्वपाका नवनिर्वाचित सांसदहरुको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । प्रतिनिधिसभामा चौथो दल बनेको रास्वपाले पनि सांसदहरुको सपथ गराउनुअघि नै संसदीय दलको नेता चयन गरेको हो । रास्वपा पनि आफ्ना मुद्दा सम्बोधन भए नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा रास्वपाले २० सिट जितेको छ ।