
कैलाली । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए ।
उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्