
काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका नवनिर्वाचित सांसदहरुको भेला आज मंगलबार बोलाएको छ ।
“एमाले जनताको रोजाइको पहिलो पार्टी” नाम दिएर भेला बोलाइएको हो ।
मंगलबार दिउँसो १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमालेले जनाएको छ ।
पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ ।
भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।
भेलामा नवनिर्वाचित सांसदहरुका साथै राष्ट्रिय सभामा एमालेका सांसदहरु, निर्वाचन परिचालन कमिटीका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरु र जनवर्गीय संगठनका पदाधिकारीहरुलाई पनि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्