१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घट्यो सुनचाँदीको मूल्य


273
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रूपैयाँले घटेर एक लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ५ रूपैयाँले घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।