
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संसदीय दलको नेताका लागि आज मनोनयन दर्ता गर्नु भएको छ ।
सिंहदरवार स्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर थापाले मनोनयन दर्ता गर्नु भएको हो । थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला रहनु भएको छ भने समर्थकमा उपसभापति धनराज गुरुङ , अर्का महामन्त्री विश्व प्रकाश शर्मा र नेता प्रदिप पौडेल रहनु भएको छ । यो सँगै संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र थापाबीच संसदीय दलको नेता चयनका लागि भिडन्त हुने भएको छ । कांग्रेसमा प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्ष गरी गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट ८९ सांसद निर्वाचित भएका छन् । उनीहरु नै संसदीय दलको नेता चयनका लागि मतदाता रहनेछन् ।
संसदीय दलका लागि आज मनोनयन दर्ताको समय तोकिएको हो भने निर्वाचन बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्