
काठमाडौं । जुम्लामा सरकारी पूर्ण अनुदानमा जीर्ण घरका छाना फेरिने भएको छ ।
नेपाल सरकारको विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो ।
जुम्लाका ८ स्थानीय तहमध्ये ३ गाउँपालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने भएका छन् । जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा १ हजार २ सय १९ घरका छाना फेरिने भएका छन् ।
पहिलाका नियमित तर्फका ३ सय १९ र अहिले थपिएका ९ सय घर गरी १२ सय १९ घरमा जस्ताको छाना फेरिने चन्दनाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले बताउनुभयो । विपन्न नागरिक छनोट गरिएको र यो वर्ष ९ सय घर थपिएको उहाँको भनाई छ ।
तातोपानी गाउँपालिकामा ५ सय १२ वटा जीर्ण घरका छाना फेरिने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो । हिमा गाउँपालिकामा पनि ५ सय १२ वटै घरका छाना फेरिने छन् । छाना फेर्न प्रति लाभग्राहीले ७५ हजार रुपैयाँ अनुदान पाउने छन् ।
यो वर्ष २५ हजार थपेर ७५ हजार प्रति लाभग्राहीले पाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्