११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पुष्पकमल दाहाल संसदीय दलकाे नेता चयन


182
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन हुनुभएको छ ।

माओवादी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको नेतामा पारित गरेको हो ।

माओवादी केन्द्रका सांसद सुदन किरातीले अध्यक्ष प्रचण्डका सर्वसम्मत रुपमा दलको नेता चयन भएको जानकारी दिनुभयो ।

माओवादी केन्द्रको प्रमुख सचेतकसहितका पदमा भने छलफल भइरहेको छ । कांग्रेस र एमालेसहितले दलको नेता चयन गरिसकेका छन् ।