२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हिमाली भू-भागमा हिमपातको सम्भावना


52
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज (शुक्रबार) बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा भने हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।