
काठमाडौं । बिहिबार शपथ ग्रहण गर्न छुटेका ४ जना मध्ये २ जना प्रतिनिधि सभाका सदस्यहरूले आज शुक्रबार शपथ ग्रहण गर्ने भएका छन्।
नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शुक्रबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्