१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरीमा एउटा जंगली हात्ती मृत फेला


117
Shares

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएकाे छ ।

हप्ता दिनदेखि बराह क्षेत्र नगरपालिकाको जंगलभरी २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत एउटा हात्ती हेर्नेको भीड लागेको छ । जंगलमा हात्तिको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयाे ।

अहिले घटना स्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी वन रक्षकको टोलीले मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ । बराहक्षेत्रको जंगलमा १५ र ७ गरी दुई समूहमा हात्तीको जमातले विध्वंस मच्चाइरहेको स्थानीय डम्बर सिग्देलले बताउनुभयाे।

जंगली हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दाहरू त्रसित भएको उहाँको भनाइ छ ।