१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही भागमा वर्षा र हिमपात सम्भावना


533
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आज (शनिबार) बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै,प्रदेश-१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।