१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य


286
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १६३ रनको लक्ष्य दिएको छ ।

शनिबारबाट सुरू भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो ।

काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५, सुनाम गौतमले अविजित २७, एलेक्स ब्लेक्सले २१ तथा विरनदिप सिंहले १० रन बनाए ।

पोखराको लागि प्रतिस जिसी र जाहिर खानले २/२ तथा मौसम ढकालले १ विकेट लिए ।