१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर महानगरद्वारा ७२ छोरीको बीमा


65
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ ।

भरतपुर महानगरपालिकाभित्र स्थायी वसोबास गर्ने र स्वास्थ्य संस्थामा जन्म भएका बच्चाको बीमा गरिएको हो ।

महानगर र राष्ट्रिय बीमा संस्थानको सहकार्यमा उनीहरुको बीमा गरिएको महिला विकास अधिकृत शान्ता पौडेलले जानकारी दिनुभयो । बाल उमंग बीमालेख हस्तान्तरण कार्यक्रमको आयोजना गरी छोरीका अभिभावकलाई बिमित प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

महानगरमा परेका १ सय ५३ वटा निवेदनमध्ये प्रक्रिया पूरा गरेका उनीहरुलाई पहिलो चरणमा बीमा गरिएको हो । अन्यको प्रक्रिया पूरा गरी बीमा गरिने बताईएको छ ।

बीमा संस्थानले कात्तिक २ गते बीमा नीति जारी गरेको भएपनि निर्वाचन आचार संहिताका कारण वितरण गर्न बाँकी रहेको थियो । बाल उमंग जीवन बीमा कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ वर्षका लागि छोरीको प्रिमियर बुझाउने छ । महानगरले प्रिमियम रकम ५० हजार बुझाउने छ भने १५ वर्षपछि छोरीहरुले एक लाख रुपैया पाउने छन् ।

बीमित प्रमाणपत्र महानगर प्रमुख रेनु दाहालले छोरीको भ्रुण हत्या गर्ने र जन्मदर्ता नगर्ने परिपाटिको अन्त्यका लागि महानगरले कार्यक्रम लागू गरेको बताउनुभयो । छोरीले पनि अवसर पाए काम गरेर देखाउन सक्ने भन्दै उहाँले बीमाले छोरीको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।