१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकल तथा सामूहिक उत्पादनमा सघाउन किसानको माग


52
Shares

धनकुटा । धनकुटाका किसान तथा सहकारीका प्रतिनिधीहरूले एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सघाउँन सरोकारवाला तथा सरकारसँग आग्रह गरेका छन् ।

धनकुटामा आयोजित तरकारी बजार सञ्चालन कार्यविधि माथिको छलफलमा बोल्दै उनीहरूले सामूहिक बजारीकरणका लागि संस्थागत संरचना तयार नहुँदा आफूहरू सधै ठगिने गरेको समेत गुनासो गरेका छन् ।

बिचौलियाका कारण तरकारी, फलफूल तथा दूध उत्पादक किसानले उत्पादनको लागत नै नपाउँने र उपभोक्ताले समेत चर्को मूल्य तिर्नु परिरहेको किसान तथा सहकारीका प्रतिनिधीहरूको भनाइ रहेको थियो ।

कृषि उपज बिक्रिका बिद्यमान समस्या समाधान गर्नका लागि दिगो र संस्थागत संरचना बनाइनु पर्ने माग उनीहरुको छ ।