
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न संस्स्कार र संस्कृतिले देशको राष्ट्रिय एकतामा बल पुग्ने भन्दै सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गर्नुभएको छ ।
इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई शुभकामना दिंदै उहाँले चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक पर्व मनाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ क्रिसमस पर्वको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्