१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लुम्बिनीले विराटनगरलाई दियो १५८ रनको लक्ष्य


91
Shares

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङसलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरू गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनायो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले अविजित ८०, कुशल भुर्तेल २६, कप्तान दिपेन्द्र सिहं ऐरीले १६ तथा बिपुल शर्माले ११ रन बनाए ।

विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा लुम्बिनी फार वेस्टन युनाईटेडलाई ६७ रनले पराजित गर्दै शीर्ष स्थानमा रहेको छ ।