१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती गायक म्याक्सी ज्याजको निधन


507
Shares

एजेन्सी । बेलायती गायक एवं संगीतकार मैक्सी ज्याजको ६५ वर्षको उमेरमा निधन भएको छ ।

ज्याज इलेक्ट्रोनिक ब्रिटिश ब्यान्ड फेथलेसका प्रमुख गायकका रूपमा परिचित थिए । फेथलेस ब्यान्डले शनिबार फेसबुक मार्फत ज्याजको निधन भएको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार राति ज्याजको निधाएको अवस्थामा निधन भएको हो । उनको निधनपछि उनका फ्यानहरुले र अन्य कलाकारहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ज्याजको के कारणले निधन भएको हो त्यो भने अझै खुल्न सकेको छैन । ज्याजको वास्तविक नाम म्याक्सवेल फ्रेजर थियो । ज्याजको जन्म १४ जुन, १९५७ मा लन्डनमा भएको थियो । उनले ब्रिटिश पाइरेट रेडियोमा डीजेको रूपमा र द सोल फूड क्याफे प्रणालीको संस्थापकको रूपमा आफ्नो करियरको सुरुवात गरेका थिए ।

उनले आर्मस्ट्रङ, ब्लिस र जेमी कोट्टोसँग फेथलेस ब्यान्डको स्थापना गरेका थिए ।