१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जसपा संसदीय दलको नेता चयन गर्न समिति गठन


156
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ ।

मिथिलेश कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । यस्तै, समितिको सदस्यद्वयमा अर्जुन थापा र दीपेन्द्र झा रहेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

जसपासँग ७ जना प्रत्यक्ष र ५ जना समानुपातिक गरी १२ जना सांसद रहेका छन् ।