१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


लामो समयपछि बिपनाको कमब्याक, चलचित्र ‘ह्रस्वदीर्घ’मा अनुबन्धित


3.133k
Shares

काठमाडौं । लामो समयपछि बिपना थापाले फिल्ममा कमब्याक गर्न लागेकी छन् ।

अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा बिपना थापा अनुबन्धित भएकी छन् ।

नीतले आइतबार सामाजिक संजाल फेसबुकमार्फत स्टाटस लेख्दै सो कुराको जानकारी गराएकी हुन् । चन्द्र पन्तको निर्देशनमा बन्ने यस चलचित्रमा बिपना प्रमुख कलाकारको रुपमा अनुबन्धित भएकी छन् ।

नीताले फेसबुकमा लेखेकी छन्, निता फिल्मस् बाट निर्माण हुन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा कलाकारको रूपमा तपाईंलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । उनले बिपनालाई स्वागतका साथै बधाई पनि दिएकी छन् ।

बिपना लगभग १३ वर्षपछि अभिनयमा फर्किन लागेकी हुन् । विवाहपछि अभिनयबाट टाढिएकी बिपना पछिल्लो समय भारतमा बस्दै आएकी छन् । चलचित्रमा बिपनाका अलावा सरोज खनाल, नीता ढुंगाना, हरिहर अधिकारी, सलोन बस्नेत, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् ।

चलचित्रलाई भारतको ठुलो फिल्म सिटी रामोजी स्टुडियोमा छायांकन गरिने निर्माण टिमले जनाएको छ ।