८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


थपिए २ जना कोरोना संक्रमित


312
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो ।

५९२ जनाको पीसीआर र ५६० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ११ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।