
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले शेरबहादुर देउवाले पार्टी सभापति तथा संसदीय दलका नेताबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
उहाँले सामाजिक सन्जालमा लेख्नु भएको छ, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ ।
हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’
उहाँले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्