३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा उछाल


2.145k
Shares

काठमाडौं । नयाँ सरकारलाई शेयर बजारले स्वागत गरेको छ ।

निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा आइतबार नयाँ प्रधानमन्त्रीको नियुक्तीसँगै सोमबार उछाल आयो । नेप्से ५७ अंक बराबरले बढेर १९ सय २४ पुग्यो । कारोबार पनि सुधारिएर २ अर्ब नाघ्यो ।

अन्य बाहेक कारोबार भएका अरु सबै समूहमा हरियाली छायो । वित्त समूहमा सबैभन्दा उच्च साढें ६ प्रतिशतको वृद्धि आयो । अंकका आधारमा दुवै बीमा समूहमा अढाइ सय अंकको उछाल आयो । विकास बैंक, जलविद्युत, उत्पादनमूलक र लघुवित्त समूहमा पनि सय अंक बढीको बृद्धि आयो । बाँकी पनि अधिकांश समूहमा उच्चदरको दोहोरो अंकले सुधार आउँदा वाणिज्य बैंक समूह समेत ४२ अंकले उक्लियो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये २ सय ३ कम्पनीको मूल्य उकालो लाग्दा जम्मा ४ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ ।

यस दिन गुर्खास फाइनान्स लगायत दर्जन बढी कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । यस दिन टेलिकमको शेयरमा भने सबैभन्दा उच्च साढें ५ प्रतिशतले कमी आयो ।